बहुपतिप्रथा कथावस्तुको फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं 犀利士
। वैशाख २९, बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’को ट्रेलर सार्वजनिक भएको जनाएको छ ।
आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने फिल्मको दुई मिनेट लामो ट्रेलरमा यसको कथावस्तुलाई दर्शाउने प्रयत्न गरिएको छ । दाजुभाइको एउटै पत्नी हुँदा आउने द्वन्द्वको कथावस्तु यसमा चित्रण छ ।
‘द पाल्म गुप्र प्रालि’को ब्यानरमा निर्माण गरिएको फिल्मले हिमाली क्षेत्रमा चलनमा रहेको भनिएको बहुपतिप्रथाको कथावस्तुलाई पेश गर्छ । निर्माता शेखर लामाले सामाजिक यथार्थलाई फिल्मले चित्रण गर्ने दाबी गरे । डोल्पामा छायांकन गरिएको फिल्मलाई देव थापाले निर्देशन गरेका हुन् ।