केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालकृष्ण खाँणको क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा युवाहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेको हो ।

खाँणको निर्वाचन क्षेत्र रुपन्देही-३ हो । गत चुनावमा सोही क्षेत्रबाट पराजित भएका खाँण अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । यो प्रकरणमा राज्यकै माथिल्लो तहमा रहेर काम गरेका व्यक्ति मुछिएपछि अहिले देशैभर प्रदर्शन भइरहेको छ ।

प्रकाशित : 13 May, 2023

प्रतिक्रिया दिनुहोस्