कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३१, नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

प्रकाशित : 14 May, 2023

प्रतिक्रिया दिनुहोस्