विदेशबाट फर्किंदा विद्यार्थी र घुम्न गएकाले ल्याएको दोस्रो मोबाइलमा भन्सार लाग्ने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ३१, भन्सार विभागले विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गरेको छ ।

यसअनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउनेछन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।

यसअघि सबै यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था थियो ।

पहिलो फोनका हकमा जोसुकैले पनि छुट पाउने भएपनि दोस्रो फोनको हकमा भने वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्किएकाहरुले मात्रै भन्सार छुट सुविधा पाउनेछन् ।

विदेशबाट फर्किंदा विद्यार्थी र घुम्न गएकाले ल्याएको दोस्रो मोबाइलमा भन्सार लाग्ने व्यवस्था भएको छ ।

 

 

 

 

प्रकाशित : 14 May, 2023

प्रतिक्रिया दिनुहोस्