नेप्से आज ३.३३ अङ्कले घट्यो

सहयात्रा टिभी

काठमाडौँ । जेष्ठ १, पछिल्लो समय निरन्तर ओरालो लागेर आठ महिनायताकै तल्लो विन्दुमा परेको शेयर बजार परिसूचक नेप्से आज  ३.३३ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ विन्दुमा झरेको हो ।

आज माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ ।

दुई सय ६६ वटा कम्पनीका २३ लाख ४१ हजार कित्ता शेयर ७२ करोड ४९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड रुपैयाँको शेयर किनबेच भयो ।

 

 

प्रकाशित : 15 May, 2023

प्रतिक्रिया दिनुहोस्