केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ २, शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान, ललितपुरमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल खेल मैदानमा प्रहरीका दुई विभागीय टोली बिच प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो मैदानमा नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यसैगरी, दशरथ रंगशालामा दिउँसो ३ बजे पहिलो खेल सुरु हुनेछ, जुन खेलमा थ्रि स्टार क्लब र त्रिभुवन आर्मी क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । रंगशालामा नै हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र चर्च ब्वाइज भिड्नेछन् । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्