तिनाउ खोलामा पौडी खेल्दा डुबेर किशोरको मृत्यु

सहयात्रा टिभी

पाल्पा । जेठ २, तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–५, विस्कुनडाँडा घर भई माथागढी गाउँपालिका–३, कसेनीको अगेनी बस्ने १५ वर्षीय योगेश सुनारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

अगेनीमा यामबहादुर चिदीको घरमा डेरा गरी बस्ने सुनारीसहित १५ वर्षीय अनिल चिदी र १५ वर्षीय विशाल गाहासँगै नुहाउने र पौडी खेल्न तिनाउ खोलामा गएका थिए । पौडी खेल्ने क्रममा अचानक डुबेपछि उद्धारको प्रयास गरेका थिए ।

प्रहरी चौकी माडी कसेनीले उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्