केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाए 

सहयात्रा टिभी

काठमाडौं । जेठ २, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ १० दलको बैठक बोलाएको जानकारी प्राप्त भएको छ ।

सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए।

छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने आचार्यको भनाइ छ ।

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्