केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ २, जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान जारी रहेको  स्रोतले जनाएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सोमबारबाट सुरु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका एक जना उपन्यायाधिवक्ता र जिल्ला प्रहरी परिसर, काठमाडौंका मुद्दाका शाखाका डीएसपी निरञ्जनदत्त भट्टको उपस्थितिमा उनको बयान भइरहेको हो ।

‘आफ्नो त केही छैन, बयान पनि ५ मिनेटमै सकिन्छ’ भन्दै उनी बयान दिने कक्षतिर छिरेका थिए । तर, राति ७ बजेसम्म उनको बयान लिइएको थियो । ‘निर्धारित प्रश्नहरु हुन्छन्, त्यो सक्न समय लागि हाल्छ’, सरकारी वकिलको कार्यालय स्रोत भन्छ ।

अबेरसम्म भएपनि बयान सक्ने सरकारी वकिल र प्रहरीको तयारी छ । बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएकाले पनि प्रहरी दबावमा छ ।

प्रकाशित : 16 May, 2023

प्रतिक्रिया दिनुहोस्