केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरुलाई डिल्ली बजार बोलाए

सहयात्रा टिभी

धनगढी । जेठ ३, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएकको बताए ।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरु कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’

एक नेताहरुका अनुुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुनेछ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए ।

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्