सगरमाथामा २७ औं पटक पुग्ने कीर्तिमानी आरोही कामीरिता शेर्पा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, आरोही कामीरिता शेर्पाले २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान राखेका छन् ।

शेर्पा आज बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन् । यसअघि २६ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कामीरिताले फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।

आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेका छन् । उनीहरु दुवैले पर्वतारोहणबाट यसअघि नै सन्यास लिइसकेका छन् । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका थिए ।

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्