केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चोलेन्द्रको महाअभियोग मुद्दामा आज सुनवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनवाइ आज संवैधानिक इजलासमा हुँदै छ ।

संघीय संसदको महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणामाथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजलासमा सुनवाइ हुन लागेको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ । गत वैशाख ६ गते सुनुवाइका लागि पेसी तोकिए पनि समय अभावको कारण देखाउँदै ‘हेर्न नभ्याइने’ भन्दै सो दिन सुनुवाइ स्थगित गरिएको थियो ।

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्