केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शरणार्थी प्रकरणमा प्रहरीले आजै प्रतिवेदन नबुझाउने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३,  शरणार्थी प्रकरणमा अनुसन्धान नसकिएकाले प्रहरीले आजै प्रतिवेदन नबुझाउने  निर्णय गरेको जनाएको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान सकेर बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एकसाता अघि बुधबार प्रतिवेदन बुझाउन भनेको थियो ।

तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्