केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पाँचथरमा ट्र्याक्टरबाट खसेर दुई विद्यार्थीको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३, पाँचथरमा ट्र्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदीबहिनीको) ज्यान गएको जानकारी प्राप्त भएको छ ।

आज बुधवार मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवा भन्ने ठाउँमा मे १ त २९६१ नम्बरको ट्र्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।

ट्र्याक्टरबाट खसेर स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्थानीय जयभवानी माविमा कक्षा ८ र ४ मा अध्ययनरत थिए ।

चालक सिटको छेउमा रहेका उनीहरू ट्र्याक्टरबाट खसेपछि ट्र्याक्टरले किचेर ज्यान गएको प्रहरीले जनाएको छ । दुई विद्यार्थीको ज्यान गएपछि चालकले ट्र्याक्टर छाडेर अन्य दुई जना विद्यार्थी घाइते भएका छन् ।

घाइतेहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले जानकारी दिनुभयो ।

 

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्