कोशी प्रदेशसभाका सांसदहरुलाई ल्यापटप दिने तयारी

काठमाडौँ । जेठ ३, कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको जनाएको छ ।
९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको जानकारी प्राप्त भएको छ ।
ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ ।
तर आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्ने कार्यक्रमलाई बजेट दिएका छन् ।