केपी ओली प्रचण्ड माधव नेपाल एमाले


न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

सहयात्रा टिभी

काठमाडौं । जेठ ३, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनससंख्या मन्त्री तथा न्याम्सका कुलपति मोहनबहादुर बस्नेतले अर्को व्यवस्था नभएसम्मका लागि डा. बस्नेतलाई उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

डा. बस्नेतले वीर अस्पतालको निर्देशकमा दुई पटक जिम्मेवारी निरवाह गरिसकेका छन् । उनी ग्याष्ट्रोइन्टेरोलोजिष्ट तथा न्याम्सका प्राध्यापक समेत हुन् ।

पछिल्लो समय न्याम्सका वरिष्ठ चिकित्सकहरुले भने न्याम्सभन्दा बाहिरका र अवकास प्राप्त कर्मचारीलाई उपकुलपतिमा ल्याए प्रतिवादमा उत्रने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित : 17 May, 2023

प्रतिक्रिया दिनुहोस्