केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसदमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ ।

संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।
संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।

प्रकाशित : 18 May, 2023

प्रतिक्रिया दिनुहोस्