नेप्सेमा दोहारो अंकको वृद्धि

काठमाडौं । जेठ ४, आज पनि सेयर बजार परिसूचक नेप्सेमा दोहारो अंकको वृद्धि भएको जानकारी प्राप्त भएको छ ।
बिहीबार सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो । बिहीबार होटल तथा पर्यटन उपसूचक ३.७५ प्रतिशत र व्यापार उपसूचक ३.७१ प्रतिशतले वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.१० प्रतिशतले बढेको छ ।
बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । लामो समयपछि अर्बमाथि लागेको छ । ३० चैतमा १ अर्ब माथिको कारोबार भएको बजारमा त्यसपछि कारोबार रकम करोडमा मात्रै सीमित भएको थियो ।
तर, बिहीबार भने बढेर करिब डेढ अर्ब नजिक पुगेको छ । बुधबार ८२ करोडको कारोबार भएको बजारमा बिहीबार भने ३२ हजार ५७९ वटा कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब ४७ करोड ४८ लाखको कारोबरा भएको छ ।
जसमध्ये नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक ८ करोड ६३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड ११ लाख र एनआईसी एशिया बैंकको ६ करोड ७७ लाखको सेयर कारोबार भएको छ ।