भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, अन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको जानकारी प्राप्त भएको छ ।

नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको जनाएको हो ।

निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । पहिलो चरणमा साताको एक उडान गर्ने गरी तय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले बजारको माग र निगमको बजार व्यवस्थापन अनुसार अन्य गन्तब्यमा समेत उडान अनुमति लिई उडान संख्या बढाउने बताएको छ । निगमले यस रुटमा टिकट बुकिङ खुला गरेको छ ।

 

 

 

प्रकाशित : 18 May, 2023

प्रतिक्रिया दिनुहोस्