केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? लिङ्देनको प्रश्न

सहयात्रा टिभी

काठमाडौं । जेठ ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् ।

फाइल तस्वीर

यो भन्दा निक्रिष्ट भ्रष्टाचार के हुनसक्छ र? भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ ? आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ?’ लिङ्देनले प्रश्न गरे ।

बिहीबार राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको विरोधमा गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचारमा ठूला दलहरुको सहमति भएको टिप्पणी गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन चालिएको प्रकरणले विश्व जगतमा नेपालको बद्नाम भएको पनि लिङ्देनको भनाइ छ । ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा मात्र अगाडि बढेको उनको जिकिर छ ।

उनले यो काण्डको अनुसन्धान पूर्ण नभइकन फाइल अदालतमा जाने दिशामा रहेको पनि आशंका गरे । लिङ्देनले विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने धारणा राखे ।

 

प्रकाशित : 18 May, 2023

प्रतिक्रिया दिनुहोस्