केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोशी प्रदेशमा ल्यापटप खरिद प्रक्रिया रोक्न कांग्रेसद्धारा आग्रह

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, कांग्रेस संसदीय दलको बैठकले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाएर समस्याको समाधान निकाल्न आग्रह पनि गरेको छ ।

साथै आन्दोलनरत पक्षलाई संयमता अपनाउन पनि कांग्रेसले आग्रह गरेको छ ।

बैठकले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन केदार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

कांग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

प्रदेशसभा सचिवालयले सांसदका लागि एकसय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

कांग्रेस दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको एक करोड ५० लाख रूपैयाँ किसानलाई बाँड्न आग्रह गर्ने निर्णय गरेको थापाले बताए ।

कोशी प्रदेशका झापा र इलाममा रोग लागेर पशु चौपाया मरेपछि मर्कामा परेका किसानका लागि बजेट खर्च गर्न दलका नेता थापाले आग्रह गरे । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे कांग्रेसले नलिने पनि उनले बताए ।

यसअघि माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले सांसदहरुका लागि ल्यापटप खरिद गर्न छुट्याएको बजेट युवा स्वरोजगारको क्षेत्रमा खर्च गर्न माग गरेका थिए ।

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्