धनगढीमा २६ वर्षीया डाक्टर मृत फेला

सहयात्रा टिभी

धनगढी । जेठ ५, धनगढीमा एक डाक्टर मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीया डा. प्रसन्न शाह मृत फेला परेकी हुन् । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्।

शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी देवेन्द्र पालले बताए। उनको मृत्युको कारण खुल्न नसकेको र शवको पोस्टमार्टम गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्