केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषदद्धारा नीति तथा कार्यक्रम पारित गर्न बैठक जारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, मन्त्रिपरिषदद्धारा नीति तथा कार्यक्रम पारित गर्न बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार बेलुकी ६ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान दिँदै कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपालिको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित रहने बताउँदै आएका छन् ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्