केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न बन्यो उपसमिति

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको छ ।

शुक्रबार बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो, जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एकएक जना छन् । उपसमितिमा तीन साता समय दिइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २५ फागुन २०७९ मा संसद दर्ता गरेको थियो ।

उपसमितिमा सुवासचन्द्र नेम्वाङ, महेश बर्तौला, रेमश लेखक, जीवन परियार, सुशील थिङ, सन्तोष परियार, गोमा लाभ सापकोटा, पूर्णबहादुर घर्ती, रञ्जुकुमारी झा ,ध्रुवबहादुर प्रधान र शेरबहादुर कुँवर छन् ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्