केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने घोषणा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

विकास आयोजना सम्बन्धिी कानुन ल्याएर विकास आयोजनाहरुलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताए ।

सम्बन्धित आयोजनामा मात्रै बजेट विनियोजन गरि राष्ट्रय सर्तकर्ता केन्द्रबाट ठूला महत्वका परियोजनाको परिक्षण गरिने पनि सरकारले भनेको छ ।

यस्तै सरकारले राष्ट्रिय योजना आयोगको पुर्नसंरचना गर्ने घोषणा पनि गरेको छ । नीति अनुसन्धानको संस्थागत दोहोरोपना हटाउने गरी आयोगलाई पुर्नसंचना गरिने सरकारको नीति तथा कार्यक्रमको घोषणामा भनिएको छ ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्