केपी ओली प्रचण्ड माधव नेपाल एमाले


परराष्ट्रमन्त्रलयमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी

सहयात्रा टिभी

काठमाडौँ । जेठ ५, परराष्ट्रमन्त्रलयमा प्रधानमन्त्रीको भारत भ्रमणको लागी तिव्र तयारी भइरहेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारी छलफललाई तीव्र पारेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण जेठ तेस्रो साताभित्र गर्ने तयारी छ । त्यसका लागि दुई देशका परराष्ट्रमन्त्रलय स्तरमा सहमति, वार्ता र सम्झौताका ड्राफ्ट समेत आदानप्रदान भइसकेको छ ।

सरकारको नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुने अधिकारीहरु बताउँछन्

भ्रमण निश्चित भएसँगै परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार उनले पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, डा। प्रकाशचन्द्र लोहनी र डा. भेषबहादुर थापा सहभागी थिए ।

पूर्वपरराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

 

प्रकाशित : 19 May, 2023

प्रतिक्रिया दिनुहोस्