मध्य अमेरिकी राज्यमा कुस्काटलान रङ्गशाला भित्र भागदौड मच्चिँदा नौ जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, मध्य अमेरिकी राज्य एल साल्भाडोरमा रहेको कुस्काटलान रङ्गशाला भित्र भागदौड भागदौड मच्चिँदा नौ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् ।

फुटबल खेलका क्रममा कुस्काटलान रङ्गशालामा मच्चिएको भागदौडमा सात जना पुरुष र दुई जना महिलाको ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलान रङ्गशालामा अलियान्जा र एफएएस फुटबल टीमबीचको खेल हेर्न हजारौँ समर्थक पुगेका थिए । खेल हेर्न समर्थकहरु प्रवेश गरिरहेका बेला भागदौड मच्चिएको स्थानीय प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । भागदौड मच्चिनुको कारण खुल्न बाँकी छ ।

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्