केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेद्धारा नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, नेकपा एमालेद्धारा नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको जनाएको छ ।

आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको ओलीले बताए ।

आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम शुक्रबारको संघीय संसदमा पेस भएको थियो । त्यसमाथि आइतबारदेखि छलफल सुरु भएको छ ।

छलफलको सुरुमै भाग लिंदै अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताए ।

 

 

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्