केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारको नीति तथा कार्यक्र संशोधन गर्न २० सांसदबाट प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । जेठ ७, सरकारको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदबाट संशोधन गर्न प्रस्ताव दर्ता गराएको जानकारी प्राप्त भएको छ ।

नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आज आइतवारको बैठकमार्फत संसद्लाई जानकारी गराउनुभएको छ ।

नीति तथा कार्यक्रममा सत्तारूढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एकनाथ ढकाल, वासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो ९महासेठ०, भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राख्नुभएको हो ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गर्नुभएको हो ।

 

प्रकाशित : 21 May, 2023

प्रतिक्रिया दिनुहोस्