केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमान् बालकृष्णलाई भेट्न प्रहरी हिरासतमै पुगिन् मञ्जु खाण

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न  सांसद मञ्जु खाण हिरासतमै पुगेकी छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।

सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु खाणलाई भेट्न पुगेकी हुनु ।

शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्