केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सातै प्रदेशका मुख्यमन्त्रीहरुद्धारा अधिकारका लागी  प्रधानमन्त्रीको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौं । जेठ ८,  सातै प्रदेशका मुख्यमन्त्रीहरुद्धारा अधिकारका लागी  प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न पोखरामा भेला गर्न लागेका छन्।

केन्द्र सरकारले अधिकार अझै पनि आफ्नै मुठीमा राखेकाले प्रदेश कुण्ठित भइरहेको बताउँदै आएका मुख्यमन्त्रीहरुले अधिकार विकेन्द्रीकरण गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा गरेर अधिकारका सवालमा गण्डकी प्रदेशले छलफल गर्न लागेको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुलाई निम्ता पठाएर सबै उपस्थित हुने पक्का भइसकेको पाण्डेले जानकारी दिए । संविधानले निदृष्ट गरेका अधिकार पनि प्राप्त गर्न नसकेको र त्यसका लागि झकझक्याउन आवश्यक देखेर प्रधानमन्त्रीसहित मुख्यमन्त्रीहरुको बैठक आयोजना गरिएको पाण्डेको भनाइ छ।

प्रदेशका अधिकार प्रयोग गर्न कहाँनेर समस्या हो, कहाँनेर कानुनी बाध्यता छ र संघको व्यवहार तथा अड्चन कहाँनेर छ भनेर मिहिन ढंगले छलफल गरेर प्रधानमन्त्रीको ध्यानाकर्षण गराइने पाण्डेले बताए ।

सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरुसहित अन्तर प्रदेश समन्वय र विकास आयोजना कार्यान्वयनका सन्दर्भमा कानुनी अड्चन फुकाउन पनि छलफल हुने पाण्डेले जानकारी दिए।

 

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्