सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराउनुभएको हो ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताउनुभयो ।

देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह गरेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउँदै छ । यी गतिविधि महानगरको पर्यटन प्रवर्द्धनका लागि समेत सहयोगी हुने उहाँको भनाइ छ ।

 

प्रकाशित : 22 May, 2023

प्रतिक्रिया दिनुहोस्