केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रीपरिषद् बैठक बस्दै, यस्तो छ प्रधानमन्त्रीको थप कार्यक्रम

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९, आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार अपराह्न ४ बजे मन्त्रीपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्