केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षको संयुक्त बैठक आज

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९, राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठक आज काठमाडौँमा बस्ने भएको छ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, साङ्गठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत हुनेछ।

महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बिचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बारेमा केन्द्रीय समितिमा छलफल हुनेसमेत जनाइएको छ।

प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्नेछ। बैठकमा जनबर्गिय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरु पनि प्रस्तुत हुनेछ। बैठक भोलिसम्म चल्नेछ।

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्