केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मधेश सरकारमा नेपाली कांग्रेसलाई दुई मन्त्रालय जिम्मा

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९, मधेश सरकारमा आज नेपाली कांग्रेसले दुई मन्त्रालयको जिम्मेबारी लिएर सहभागी हुँदै छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएको जानकारी प्राप्त भएको छ । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए ।  उनका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।

मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।

 

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्