केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभामा प्रधानमन्त्रीद्धारा नीति तथा कार्यक्रमको जवाफ

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा मंगलबार राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने जानकारी दिएका छन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । राष्ट्रिय सभाको सचिवालयका अनुसार तीन दिन (जेठ ७, ८ र ९ गते) छलफलपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसूची छ । प्रतिनिधि सभामा भने नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने छ ।

 

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्