केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेता कार्यकर्तालाई खाँणको विषयमा चिन्ता नगर्न देउवाको सुझाव

सहयात्रा टिभी

काठमाडौँ । जेठ ९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न आएका नेता तथा कार्यकर्ताहरुलाई पूर्वगृहमन्त्री बालकृष्ण खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको देउवाले जनाएका छन् । मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् ।

देउवाले आफूलाई भेट्न आएकाहरुलाई भने, ‘खाँणजी पैसामा विक्ने खालको मान्छे होइन । उहाँ राष्ट्र र राष्ट्रियता प्रति एकदमै प्रतिवद्ध मान्छे हो ।’ खाँणसँग आफ्नो लामो संगत भएको र पैसामा विक्ने व्यक्तिका रुपमा कहिले पनि नपाएको देउवाले बताएका थिए ।

विना प्रमाण दोषी करार गर्न खोजिएको भन्दै देउवाले यो विषय आफूले पनि बुझ्न नसकेको बताएका छन् । खाँणको विषयमा छलफल गर्न केही केन्द्रीय सदस्य र युवा नेताहरु देउवालाई मंगलबार दिउँसो धुम्बाराही पुगेका थिए ।

 

प्रकाशित : 23 May, 2023

प्रतिक्रिया दिनुहोस्