मन्त्री किरातीद्धारा रिबन काटेर सम्पदा घुम्ती बस सेवा उद्घाटन

काठमाडौँ । जेठ ९, काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा सुरु भएको छ ।
रिबन काटेर बस सेवाको उद्घाटन गर्दै मन्त्री किरातीले यो बस सेवा सञ्चालनले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन हुने अपेक्षा गरिएको बताए ।
उनले उपत्यकाको पर्यटन प्रवर्द्धनमा लागि यो एउटा सानो प्रयास भएको बनाउँदै यसको परीक्षण पश्चात सेवा विस्तार गरिने समेत जानकारी दिए ।
साझा यातायातका कार्यबाहक अध्यक्ष सुशिल प्याकुरेलले सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने र यसको सफलताको आधारमा अरु बस थपिने जानकारी दिए ।