केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भुटानी शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति गठन गर्न रवि लामिछानेको माग

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको छ । यो प्रकरणमा सबै दलका नेताहरु मुछिएकाले संसदीय समितिमार्फत् छानविन गर्नुपर्ने उसको माग छ ।

आजको प्रतिनिधि सभाको बैठकको सुरुमै बोल्दै रास्वपा सभापति रवि लामिछानेले भने- यहाँ मुछिएका मान्छेहरु हेर्नुस्, यो राज्यमा हामीले कसको विश्वास गर्ने ? त्यसकारणले यो विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानविन गर्नुपर्ने हुन्छ ।’

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ-आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गरे ।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरु आ–आफ्नो स्थानबाट उठेपछि सभामुखले देवराज घिमिरेले प्रमुख सचेतकलाई दुई मिनेटभित्र कुरा राख्न भनेका थिए । तर प्रमुख सचेतक सन्तोष परियारले पार्टीको तर्फबाट सभापतिले कुरा राख्ने भनेपछि लामिछानेले बोलेका थिए ।

दिनदहाडै बालुवाटारमा, सिंहदरबारमा र मन्त्री क्वाटरमा लेनदेन भएको भन्दै उनले नाम मुछिएका सबैलाई छानविनको दायरामा ल्याउन माग गरे । ‘जुन–जुन निकायहरु यसमा लागिपरेका छन् । कसैको पनि विश्वास गर्ने वातावरण नभएको हुनाले सम्माननीय सभामुखमार्फत् यो अनुरोध गर्न चाहान्छु कि जजसको नाम आएको छ, तिनलाई सोधपुछसमेत गर्न नहुने गरी किन डराएको हो ?’

भुटानी शरणार्थी प्रकरणको सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीले मुटु दह्रो छ भनेको प्रसंग जोड्दै लामिछानेले नाम मुछिएकाहरु सबैलाई सोधपुछसमेत नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘गृहमन्त्रीले मुटु दह्रो छ भन्नु भएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?,’ लामिछानेले भने, ‘यसकारण हरेक नाम आएका मान्छेसँग सोधपुछ हुनुप¥यो, उनलाई कारबाहीको दायरामा ल्याउनुपर्यो । खुट्टा कमाउनु भएन ।’

प्रकाशित : 24 May, 2023

प्रतिक्रिया दिनुहोस्