केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईजीपीलाई निलम्बन गर्न ज्ञानेन्द्र शाहीद्धारा माग

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको छ ।

कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको हो ।

प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ । जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ ।

प्रकाशित : 24 May, 2023

प्रतिक्रिया दिनुहोस्