केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३० जनाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ ।

बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरुविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

यो प्रकरणमा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पालगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

 

प्रकाशित : 24 May, 2023

प्रतिक्रिया दिनुहोस्