केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोटो जात्राको अवसरमा भोलि उपत्यकामा सार्वजनिक बिदा

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, भोटो देखाउने जात्राको अवसरमा गृह मन्त्रालयले बिहीबार उपत्यकामा सार्वजनिक बिदा दिएको जानकारी प्राप्त भएको छ ।

मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बुधबार एक सूचना जारी गरी भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।

 

 

प्रकाशित : 24 May, 2023

प्रतिक्रिया दिनुहोस्