संवैधानिक नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य गरिनुपर्ने सांसदहरुको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, संघीय सांसदहरुले संवैधानिक नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य गरिनुपर्ने प्रस्ताब राखेका छन् ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीको प्रतिवेदनमाथिको छलफलमा भाग लिंदै संघीय सांसदहरुले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ नभए पनि हुन सक्ने अवस्था रहन दिन नहुने बताएका छन् ।

संवैधानिक परिषद्को बैठकबाट नियुक्ति सिफारिस भएर संसदीय सुनुवाइ समितिमा प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ हुन नसके स्वतः नियुक्तिका लागि वाधा नपर्ने कानुनी व्यवस्था छ ।

यसका अलावा विगतमा प्रतिनिधि सभा विघटन गरेर संसदीय सुनुवाइ समिति नै नरहने अवस्था सिर्जना गरेर संवैधानिक नियुक्ति दिलाउने कार्य भएको बताउँछन् नेपाली कांग्रेसका सांसद प्रकाश पन्थ ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्