नेपालमा पनि विश्व अर्थतन्त्रमा आएको मन्दीको असर

काठमाडौँ । जेठ १४, विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारद्धारा जनाएको छ ।
आर्थिक सर्वेक्षण २०७९र८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९र८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ ।
मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको अर्थ मन्त्री डा. महतले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले यस्तो अवस्था क्रमशः कम हुँदै गएको समेत बताए ।