देशभर गरिबीको रेखामुनि १५.१ प्रतिशत जनसंख्या

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, नेपालमा अझै १५.१ प्रतिशत जनसंखया गरिबीको रेखामुनि रहेको आर्थिक वर्ष २०७९/८०को सर्वेक्षणले  देखाएको छ ।

आर्थिक सर्वेक्षण २०७९/८० ले यस्तो देखाएको हो । गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्या अहिले पनि ग्रामिण भेगमा बस्ने गरेको छ ।

आर्थिक वर्ष २०७५र७६ मा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यामा अहिले केही सुधार भने देखिएको आंकडाले देखाएको छ । बहुआयामिक गरिबीको रेखामुनि भने १७.४ प्रतिशत जनसंख्या रहेको छ ।

बहुआयामिक गरिबी ग्रामिण भेगमा २८ प्रतिशत जनसंख्या रहेको छ । शहरी क्षेत्रमा १२.३ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि रहेको छ । कर्णालीमा ३९.५ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा छ भने बागमतीमा मात्र ७ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीमा रहेको छ ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्