काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई

सहयात्रा टिभी

काठमाडौँ । जेठ १४, काठमाडौंमा भएको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि भारतलाई प्राप्त भएको छ ।

दशरथ रंगशालास्थित कभर्ड हलमा भएको खेलमा काजाकस्तानलाई सोझो सेटमा ३-० ले हराउँदै भारतले उपाधि जितेको हो ।

प्रतियोगितामा अपराजित रहेको काजकस्तान फाइनलमा भारतसित पराजित भयो ।

सेन्ट्रल एसियाका दुई बलिया टिम भारत र कजाखस्तानले यसअघिको दुई संस्करण खेलेका थिएनन् । डेब्यु प्रतियोगितामै फाइनलमा पुगेको भारतले उपाधि उचालेको हो ।

 

प्रकाशित : 28 May, 2023

प्रतिक्रिया दिनुहोस्