सरकारले अदालतको आदेशमाथि बलमिच्याइँ गरेको गगन थापाको टिप्पणी

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशमाथि बलमिच्याइँ गरेको  टिप्पणी गर्नु भएको छ ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रममा महामन्त्री थापाले आवश्यकताका आधारमा निर्णय गर्नेभन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,  यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानुनमात्रै चल्छ । आज सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानुनलाई पनि मिचेर, थिचेर, बलमिच्याँइ गरेर, दादागिरी देखाएर कुनै निर्णय गर्छौँ । अदालतको पूर्ण पाठ आएको छैन ।

हामी हतार–हतार निर्णय गर्छौँ भने त्यसको अर्थ के हो रु हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ गर्‍यौँ । हामीले जे गरे पनि हुन्छ भन्ने सोच्यौँ ।

हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ रु विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन ।’

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताउनुभयो । महामन्त्री थापाले कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्