आज सांसद विन्दवासिनी कंसाकारको शपथ ग्रहण

सहयात्रा टिभी

काठमाडौं । जेठ १५,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने जानकारी प्राप्त भएको छ ।


सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार आज  दिउँसो ३ बजे कंसाकारलाई शपथ गराउने तयारी छ । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका थिए ।

त्यसपछि रास्वपाले उनलाई निष्कासन गरेर कंसाकारलाई सांसद बनाउने निर्णय गरेको थियो ।

रास्वपाको निर्णय प्रक्रियामा प्रश्न उठाउँदै श्रेष्ठ सर्वोच्च अदालतमा रिट दिएका थिए । तर सर्वोच्चले श्रेष्ठले माग गरेअनुसार कंसाकारको शपथ रोक्न अन्तरिम आदेश नदिएपछि कंसाकार सांसद बन्ने बाटो खुला भएको हो ।

 

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्