गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा बालेन अनुपस्थित

सहयात्रा टिभी

काठमाडौं । जेठ १५, १६औं गणतन्त्र दिवसको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयर अनुपस्थित भएका छन् ।

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवश समारोहमा मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल सहभागी भएनन् ।

अघिल्ला वर्षहरुमा महानगरले नै मञ्च व्यवस्थापनको काम गर्दै आएपनि यो पटक त्यसबारेमा जानकारी नभएको स्रोतले जनाएको छ ।

गणतन्त्र दिवशको मूल आयोजक समितिको सदस्यमा काठमाडौं महानगरपालिकाका मेयर पनि रहन्छन् । मेयर बालेनका स्वकीय सचिवालयका अनुसार बालेन पारिवारिक कामले औपचारिक समारोहमा सहभागी नभएका हुन् ।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भने सहभागी भएका थिए ।

 

प्रकाशित : 29 May, 2023

प्रतिक्रिया दिनुहोस्