महिला टि २० क्रिकेटमा नेपाल आज मलेसियासँग भिँडदै

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, दोस्रो महिला टि-२० आई खेलमा आज घरेलु टोली मलेसियासँग नेपालले खेल्दैछ ।

नेपाली समय अनुसार बिहान ८ : ४५ मा बांगीमा सो खेल सुरु हुनेछ । पाँच खेलको महिला टि २० आई सिरिजमा मलेसिया नेपाल भन्दा १-० ले अघि रहेको छ । पहिलो खेलमा ५० रन मै अल आउट हुँदै नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । महिला टि २० आईमा नेपालको मलेसियासँग यो पहिलो हार थियो ।

नेपाल पहिलो खेलको गल्ती सुधार गर्दै दोस्रो खेलमा जितका साथ सिरिज बराबर गर्न चाहेको कप्तान रुबिना क्षेत्रीले जनाएकी छिन् ।

प्रकाशित : 30 May, 2023

प्रतिक्रिया दिनुहोस्